काठमाडौँ -संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको रिटमा आज सुनुवाइ भइरहेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशका आधारमा प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायतका निकायका पदाधिकारी नियुक्ती गरेको थियो।
उक्त अध्यादेश र नियुक्तीविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयदेखि उक्त रिटमा आज सुनुवाइ हुन लागेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा मुद्दाको सुनुवाइ भइरहेको छ।