काठमाडाै- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेलबीच भदौं १८ गते देशैभर वडा अधिवेसन गर्ने गरि सहमती भएको छ। दुई नेताबीच क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति तथा युवा नेताहरुको माग सम्बोधन गर्ने सहमती भएको छ। सहमतीसँगै पार्टी कार्यालयमा जारी रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण हुने नेता प्रकाशमान सिंहले जानकारी दिए।
सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो ।
जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशिलको नाम सार्वजनिक भएको र अरू जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।
एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेद्वार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन् बिषयमा सहति जुटेको छ।