काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ ।
शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो ।
समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए ।
ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको बताइएको छ ।
ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।