बुटवल । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। आज केन्द्रीय कार्यालय गएर पार्टीबाट राजीनामा दिएका हुन् ।
पार्टी विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) तिर लाग्ने चर्चा चलिरहेका बेला उनले राजीनामा दिएका हुन् ।
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।