बुटवल । रुपन्देहीबाट २४ जना जनप्रतिनिधीले नयाँ दर्ता भएको दल रोजेका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका बनेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सोमबारसम्म २४ जनाले सनाखत गरेका हुन् ।
निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १९ जनाले लोकतान्त्रिक समाजवादीमा र ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले नयाँ पार्टी दर्ता भएको दिनदेखि २१ दिनभित्र सनाखत गर्नुपर्ने व्यवस्था छ । जसअनुसार नयाँ पार्टीमा सनाखत गर्न जनप्रतिनिधीलाई आज मंगलबार सम्मको समय छ।
एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा एक जना उपप्रमुख र अन्य वडासदस्यहरु रहेका छन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले सहित बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा सदस्य रहेका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नेहरुमा मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष सुनिता कलवार छन् । बाँकी १७ जनाहरुमा वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले बताए ।
नेपाली नागरिकको आधिकारिक परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र सनाखतका अनिवार्य गरिएको प्रमुख भण्डारीले प्रमुख भण्डारीले बताए ।