बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास नहुने बताएका छन्। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्रचण्डले अमेरिकाले एमसीसीबारे जवाफ नपठाएकाले अहिलेकै अवस्थामा पास नहुने बताएका हुन् ।
‘अमेरिकालाई कुटनीतिक नोट पठाएका छौं, त्यसको जवाफ आएको छैन। जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन । अहिलेको अवस्थामा एमसीसी पास हुँदैन,’उनले भने ।
पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले
राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नगर्ने स्पष्ट पारेका थिए।