बुटवल-लुम्बिनीका १०९ पालिकामध्ये ७१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्। यसरी एक पालिकाका १ जना पनि पुग्दैनन्। १०९ पालिका रहेकोमा केही पालिकाका ७१ जनप्रतिनिधिले मात्रै समाजवादी रोजेका हुन्।
दल विभाजनसम्बन्धि अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोज्ने समय मंगलबार सकिएपछि यो तथ्यांक सार्वजनिक भएको हो।
जसअनुसार सबैभन्दा बढी दाङमा २१ जना स्थानीय तहका प्रतिनिधिले समाजवादी रोज्दा गुल्मीमा कसैले पनि यो दल रोजेनन्।
एमालेबाट विभाजन भएर खुलेको माधव नेपाल नेतृत्वको समाजवादी रोज्नेको संख्या लुम्बिनीमा भने उत्साहजनक देखिएन।
एमालेका शीर्ष तहका नेताहरुको बाहुल्य रहेको लुम्बिनीमा समाजवादीका प्रभावशाली नेता नहुँदा जनप्रतिनिधि समाजवादी रोज्ने चुनौती लिएनन्।
एमालेका शीर्ष तहका नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, गोकर्ण विष्टलगायतका नेताहरुको प्रभावका कारण धेरै जनप्रतिनिधि एमालेमै छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेबाहेक रुपन्देहीमा अरु तहमा नेतृत्वमा रहेका जनप्रतिनिधिले एमाले छाडेनन्।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीलाई समेत माधव नेपालनिकट मानिएकोमा उनीहरु केही समयअघि देखि नै केपी ओली नेतृत्वको एमालेमा सक्रिय देखिएका थिए।
रुपन्देहीका स्थानीय तहका केही वडाध्यक्ष र सदस्यहरु समेत माधव नेपाल पक्षमा खुलेका भएपनि दल रोज्ने समयमा भने नेपालको साथ छाडेका छन्।
लुम्बिनीमा नेकपा एकिकृत समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधि
दाङ - २१
बाँके – ११
रुपन्देही– ७
बर्दिया – ६
रुकुम पूर्व – ५
रोल्पा – ५
अर्घाखाँची – ६
प्युठान – ७
गुल्मी – ०
पाल्पा –१
नवलपरासी (पश्चिम) –१
कपिलवस्तु – १