बुटवल-नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभई काँचुली फेरेको बताएका छन्।
बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले एमाले विभाजन नभएर काँचुली फेरेको बताए।
उनले काँचुली फेरेपछि सर्पको नयाँ जीवनको शुरूवात भएजसरी एमालेको नयाँ जीवन पाएको बताए।
उनले विचार र दर्शनका आधारमा नभई लोभ र अवसरका लागि केही व्यक्तिहरू मिलेर समूह बनाएको बताए।
"यो भद्दा अवसरवाद हो, उनले भने-उहाहरू अवसरका लागि जनताको बहुदलीय जनवाद समेत त्यागेर जानुभएको छ।"
उनले सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न चुनौती दिए।
पूर्वअर्थमन्त्री पौडेलले आफुले ल्याएको बजेटमाथि भईरहेको संशोधन अपरिपक्व भएको बताए। "बजेटमा के कुरामा समस्या छ, आउनुस्, बहस गरौ, कुन विषयमा असहमति हो, "उनले भने।