बुटवल । लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट निर्वाचित समानुपातिक सांसद निर्मला मुडभरीलेे पथ तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् ।
बुधबार दिउँसो लुम्बिनी प्रदेश सभाको विषयगत समितिको सभाहलमा सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई सपथ ग्रहण गराएका हुन् ।
जसपाले मुडभरीलाई अर्घाँखाचीकी समानुपातिकतर्फ निर्वाचित कल्पना पाण्डेको स्थानमा निर्वाचित गरेको हो । पार्टीको ह्वीप विपरित शंकर पोखरेल नेतृत्वको पूर्ववर्ती सरकारमा सहभागी भएपछि पार्टीले पाण्डेलाई कारवाही गरेको थियो । पाण्डेसहितका ३ सांसदले सर्वोच्चमा दिएको मुद्दा विचाराधीन छ।