बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक केहीबेर चलेको छ।
सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमालेले संसदमा नाराबाजी गरेको थियो । एमाले सांसदको नाराबाजी चलिरहेका बेला दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी दिए ।
यसलगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक असोज ७ गते बस्ने जानकारी दिए ।