बुटवल-नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटि बनाएको छ।
प्रदेश कमिटिको प्रथम बैठकले चौधरी अध्यक्ष, राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरु सदस्य रहनेगरी प्रदेश कमिटि बनाएको सचिव राजु गुरुङले जानकारी दिए।
उनका अनुसार कमिटिलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिनेछ। भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गर्ने निर्णय गरेको छ।