बुटवल-नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले लुम्बिनी प्रदेशमा बनेको गठबन्धनलाई समर्थन रहेको र सरकारमा सहभागी हुने बताए।
उनले समाजवादीको तर्फबाट मन्त्री बन्ने बताए। लुम्बिनी प्रदेशमा समाजवादीमा एकजना मात्रै सांसद रमा घर्ती छन्।
लुम्बिनी प्रदेशमा ४ दल कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बनेको गठबन्धनमा एकीकृत समाजवादी समेत सहभागी भएपछि ५ दलीय गठबन्धन बन्नेछ।
घर्ती कुन मन्त्री बन्ने भन्ने टुंगो नलागेपनि उनी मन्त्री बन्ने गठबन्धनले जनाएको छ।