अर्घाखाँची-नेपाली कांग्रेसको गाउँनगरअधिवेशन अन्तरगत अर्घाखाँचीका ५ स्थानमा निर्वाचन सकिएको छ।
सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भुमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, पाणिनी गाउँपालिकामा तुल्सी पौडेल र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन्।
छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको हो भने अरुमा चुनाब भएको थियो।
सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भए भने भुमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भएका छन्।
सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भुमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरेका थिए। शितगंगा नगरसभापतिको लागि भने आज निर्वाचन हुने बताइएको छ।