बुटवल–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जनालाई ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन्।
महाधिवेशन नजिकिरहँदै गर्दा विभागहरु गठन गरेको भनेर आलोचना भइरहेको बेला सभापति देउवाले आफ्नो अध्यक्षतामा रहने ज्येष्ठ नागरिक सभा पनि गठन गरेका हुन्। यसबाट देउवा पार्टीभित्र आलोचित भएका छन्।
पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। सो प्रावधानअनुसार काग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका व्यक्ति यो सभामा रहन पाउँछन्।
तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएको छ। यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्ने नियमावलीमा उल्लेख छ।
दाङका सबैभन्दा बढी, रुकुम पूर्व, प्युठान र रोल्पाबाट कोही परेनन्
ज्येष्ठ नागरिक सभामा प्रदेश ५ बाट ७४ जना कांग्रेसका पाका नेता तथा कार्यकर्ता परेका छन्। जसमध्ये दाङबाट सबैभन्दा बढी २१ जना रहेका छन्।
त्यस्तै रुपन्देहीबाट १४ जना, बाँकेबाट १३ जना, कपिलवस्तुबाट ७ जना, गुल्मी र पाल्पाबाट ५–५ जना, पश्चिम नवलपरासी, अर्घाखाँचीमा र बर्दियाबाट ४–४ जना कांग्रेसको ज्येष्ठ राजनीतिज्ञको सभामा मनोनयन भएका छन्। रुकुमपूर्व, प्युठान र रोल्पाबाट ज्येष्ठ नागरिक सभामा कोही पनि परेका छैनन्।
कुन जिल्लाबाट को ?
नवलपरासी पश्चिम : गंगाधर सापकोटा, दलराज पाण्डे, मोहनसिंह थापा र रामचन्द्र मौर्य ।
रुपन्देही : उदयराज काफ्ले, डिल्लीरमण शर्मा, दिर्घराज काफ्ले, पर्शुराम गिरी, प्रेमबहादुर भण्डारी, विजय धिताल, फर्शुराम पोखरेल, वंशराम थारु, रामप्रसाद खनाल, शंकर पाण्डेय, शालिग्राम उपाध्याय, शालिग्राम शाह, शैलेन्द्र अधिकारीर श्यामसुन्दर तिवारी।
कपिलवस्तु : ऋषिराज थारु, डा. रुद्रप्रताप शाह, परमात्माप्रसाद पाठक, पर्शुराम ज्ञवाली, राजेन्द्रसिंह क्षेत्री, लोकनाथ पाठक र हरिप्रसाद गौतम।
गुल्मी : चक्रबहादुर कुँवर, मथुराप्रसाद श्रेष्ठ, रुद्रबहादुर भुजेल, शसी पन्थी, सुरेश भुसाल र हिरामणी सापकोटा।
अर्घाखाँची : इन्द्रबहादुर खत्री, खगेन्द्रराज पोखरेल, प्रेमबहादुर कार्की र रुक्मांगत बेलबासे।
पाल्पा : ठाकुर चन्द्र विप्र, डिल्लीबहादुर कार्की, नेत्रबहादुर नेपाल, प्रेमनाथ बस्याल र रामप्रसाद ढकाल ।
दाङ : आत्माराम भट्टराई, उमादेबी रेग्मी, खड्कबहादुर विश्वकर्मा, जोगराज चौधरी, जोगेन्द्र विश्वकर्मा, दामोदर न्यौपाने, नारायण चौधरी, देवनारायण चौधरी, देवी बहादुर डाँगी, नेमकान्त दाहाल, पतिलाल चौधरी, पदमप्रसाद घिमिरे, विश्वेश्वर प्रसाद रेग्मी, विष्णु योगी, यमप्रसाद पाण्डे, द्रोण भुसाल, रामकुमार अनाडी, रेशमबहादुर खड्का, शिवकुमार शर्मा, सोमनाथ शर्मा र हरिराम गिरी।
बाँके : ओमजंग राणा, कृष्ण सिंह परियार, कैलाशनाथ गुप्ता, कृष्णमान श्रेष्ठ, तुल्सीप्रसाद थारु, रामेश्वर कंडेल, शारदा शाह, सनत रेग्मी, सवारा सिद्दिकी, सविर दसगज, सिताराम थारु, हरिप्रसाद उपाध्याय र हरिप्रसाद ढुंगेल।
बर्दिया : नन्दराम तिमिल्सीना, बेदराज शर्मा सिग्देल, भागीराम चौधरी र सोमप्रसाद चौधरी।