काठमाडौ । सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । यसअघि पनि सरकार परिवर्तन भएपछि प्रदेश प्रमुखलाई हटाउने चर्चा चलिरहेको थियो ।
२०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानीहरु तोकेको थियो । कांग्रेस र मधेसवादी दुई दलले भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेका थिए । फोरम र राजपाको सिफारिसमा १-१ जना प्रदेश प्रमुख नियुक्त गरिएको थियो भने ५ जना कांग्रेसको सिफारिसमा प्रदेश प्रमुख भएका थिए ।
सत्तामा नेकपा आएपछि नेकपा सरकारले नै प्रदेश प्रमुखहरु तोक्नुपर्ने भन्दै आवाज उठिरहेको थियो ।