काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु जायज भएको बताउनुभएको छ ।
आफ्नो भूमिका विषयमा कुरा उठाउनु गलत नभएको जनाउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले नै भोगचलन गरेका भूभाग भएको स्पष्ट पार्नुभयो ।
पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको बताउनुभयो । ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध बिगार्ने कुरा पनि होइन ।’, ओलीले भन्नुभयो ।
भारतीय प्राधनमन्त्रीसँग भएका भेटमा आफूले यसबारे खुलस्त छलफल गरेको ओलीको भनाइ छ ।