काठमाडौँ । जनता समाजवादी पार्टीबाट नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराउनुभएको हो ।
शपथ समारोहपछि राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्रिपरिषदमा पठाएको हो ।
जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएको हो ।