काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय वर्तमान सत्तागठबन्धन मिलेर चुनाव लड्ने सहमति गरेका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको निर्णयले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।