काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।
दिउँसो २ बजे बस्न लागेको बैठकमा मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल हुनेछ । आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ
निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउयन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।