रुपन्देही । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा बसेको आज बसेको गठबन्धन दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आआफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा लुम्बिनी मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी समेत सहभागी बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै विभिन्न कमी कमजोरीका वावजुद गठबन्धन सफल भएको निष्कर्ष निकालेको गठबन्धनका दलमा सहभागी नेपाली नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः क्रियाशील बनाई बैठक र अन्तरक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
गठबन्धन दलको केन्द्रबाट आउने निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति पुन सहित नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोक यादव सहभागी हुनुभएको थियो । बैठकमा राष्ट्रिय जनमोर्चाको भने उपस्थिती थिएन ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा सत्ता गठबन्धन सहितका विभिन्न दलहरु तयारीमा लागेका छन् ।