रुपन्देही । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालसहित चारजनाको नाम प्रतिनिधी सभा निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
पार्टी क्षेत्रीय कमिटीले भुसालसहित तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरे, दुर्गा भुसाल तथा यज्ञजित शाहलाई सिफारिस गरेको हो ।
यसअघि ०७४ सालको निर्वाचनमा भुसालले कांग्रेस–राप्रपा गठबन्धनका उम्मेदवार दीपक बोहरालाई पराजित गर्नुभएको थियो । यो क्षेत्रबाट गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । यसअघिको निर्वाचनमा उहाँ समानुपातिकमा पर्नुभएको थियो ।