काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष लि चान्शुले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा मङ्गलवार उहाँहरुबीच भेटवार्ता भएको हो ।
टका क्रममा अध्यक्ष लीले नेपाल र चीन बीच रहेको सुमधुर सम्बन्धको चर्चा गर्नुहुँदै नेपाल चीनको एक असल छिमेकी रहेको बताउनु भयो । भेटवार्तामा एमाले अध्यक्ष ओलीले लीको नेपाल भ्रमण सफल र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ।
अध्यक्ष लिले यस अघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगर्नुभएको थियो । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगसमेत भेटवार्ता गर्नुहुने छ भने भोली बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ ।