रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधी सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ ।
पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्बिर नेपालीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँँले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले पूर्वाधार सहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफुलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
यो क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचनमा विजयी हासिल गर्नुभएको छ । यो क्षेत्रमा प्रदेश तर्फ भोज प्रसाद श्रेष्ठ र लिला गिरीले उम्मेदवारी दिनुभएको छ ।

रुपन्देही –२ मा १३१ मतदान केन्द्र र २३ वटा मतदान स्थाल रहेका छ्न । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छ्न । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।
———