रुपन्देही । रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको हो ।
सरकारी छात्रवृत्तिमा स्नातकोत्तर तहमा रेजिडेण्ड चिकित्सकको रुपमा अध्ययनरत रहेको र सो अवधिवभरको जीवन निर्वाह भत्तावापत रकम सुविधा लिइ लाभको पदमा रहेको देखिएको हुँदा डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षी (निर्वाचन आयोग समेत)का नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।