बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले दिपनगरमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने बताउनुभएको छ ।
बाल तथा प्रसुती सेवालाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरेको खण्डमा अस्पतालबाट आमजनताले सस्तो र विशिष्टकृत सेवा पाउने उहाँको भनाइ छ । अहिले पनि आम्दा अस्पतालमा रुपन्देहीबाट मात्र नभई छिमेकी जिल्लाहरुबाट समेत बालबालिका तथा प्रसुती सेवाका लागि आउने गरेको बताउँदै अस्पतालमा आमा सुरक्षा कार्यक्रमलाई समेत अघि बढाउन पहल गरिने उहाँले बताउनुभयो ।
अहिले आमा सुरक्षा कार्यक्रम आम्दाबाट सुरु नभएको गुनासो चौतर्फि आएको भन्दै आमा सुरक्षा कार्यक्रमसंगै अस्पताललाई अन्य विशिष्टकृत विकास गरिने गिरीले बताउनुभयो । बुटवल ७ मा भएको घरदैलो कार्यबताउनुभयो ।
जनतालाई सर्वसुलभ सेवा र गुणस्तरीय सेवा उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको भन्दै नेता गरीले अस्पतालमा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरु थप गर्दै लैजाने समेत उल्लेख गर्नुभयो । ‘अहिले पनि यो अस्पताल नमुनाका रुपमा रहेको छ । यसलाई बालबालिका र प्रसुती सेवामा अझ बढि अव्वल गर्न आवश्यक पुर्वधार निर्माण संगै अत्याधुनिक ल्याव समेत सञ्चालनका लागि योजना अघि बढाउने छौ ।’ उहाँले भन्नुभयो ।
साथै उहाँले आम्दाको अलवा स्वास्थ्य क्षेत्रमा एमालेले सैनामैनामा निर्माण प्रक्रियामा रहेको ट्रमा सेन्टरको निर्माण गर्ने, तिलोत्तमा सरकारी स्तरको आधुनिक एवं सुविधा सम्पन्न डायग्नोस्टिक सेन्टर निर्माण गर्ने, प्रत्येक वडामा आवश्यकता अनुसार दक्ष चिकित्सक, ल्याव र बाल तथा प्रसुती सेवा सहितका सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।
घरदैलो अभियानमा मतदाताले नेता गिरीलाई अधुरा र कतिपय विग्रन लागेका सडकहरु ममर्तमा ध्यान दिन आग्रह गर्नुभएको थियो । साथै उनीहरुले खानेपानी समस्यालाई गम्भिर रुपमा लिएर समधान गर्न पनि सुझाव दिएका थिए ।
जवाफ नेता गिरीले कालोपत्रे बाँकी गर्न रहेका सडकहरुका साथै ग्राभेलिङ भएका सडक निर्माणलाई आफुले प्राथकिताका साथ राखेर काम गर्ने बताउनुभयो । साथै उहाँले खानेपानीको सम्बन्धमा एमाले नेतृत्वको सरकारले झुम्सा खानेपानी योजनालाई ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको भन्दै झुम्सा खानेपानी एमाले नेतृत्वको सरकार बन्न साथ बाँकी कार्यको सुरु गर्ने बताउनुभयो ।
खानेपानी योजनामा केही प्राविधिक समस्या रहेपनि यो छिट्टै जनताको घरघरमा आउँने उहाँको भनाई थियो । त्यस्तै उनले सो अवसरमा बुटवल ७ भित्र रहेका आधारभुत तथा सरकारी विद्यालयहरुमा आवश्यक पुर्वधार विकास गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।