काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित हुनुभएको हो ।
काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ .मत पाउनुभएको छ । ५ हजार ६५ मत अन्तरले पाैडेल विजयी हुनुभएकाे हाे । निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ भन्नुभयो ।
नेता पोखरेल (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँले यसअघि यही क्षेत्रबाट विजयी हासिल गर्नुभएको थियो ।