जुम्ला । जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाहीले दोब्बर मतले अग्रता कायम राख्नुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १३ हजार एक सय २७ मत गणना गर्दा शाहीले ६ हजार ९ सय ५७ मत ल्याएर अग्रता कायम गर्नुभएको हो।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गोमा गौतम कुँवरले तीन हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा एमालेका रतननाथ योगीले एक हजार ६ सय ८८ मत र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४०६ सय मत ल्याउनुभएको छ।