बुटवल । अर्घाखाँचीको एक प्रतिनिधि सभा र २ प्रदेश सभा गरी तीन सिटमै नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी हुनुभएको हो ।
(एमाले) का उम्मेदवार रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी हुनुभयो । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गर्नुभएको हो । आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्रार उहँँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको थियो । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जित्नुभएको हो।