बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी विजयी हुनुभएको छ ।
पूर्वमन्त्री गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दीर्घबहादुर केसीले १४ हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।
क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि हुनुहुन्छ ।