दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई पराजित गरी शर्मा विजयी हुनुभएको हो ।
माओवादीकी उम्मेदवार रेखाले २५ हजार ७ सय ९७ मत र पोखरेलले २५ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ ।सत्ताा गठबन्धनका उम्मेदवार रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद हुनुभएको हो ।