बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।
यसअघि लुुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रहनुभएका श्रेष्ठले १६ हजार दुई सय ९८ मत प्राप्त गर्दा उहाँँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय ११ मत प्राप्त गर्नभएको छ ।
यो क्षेत्रमा १९ सय ४७ मत बदर भएको थियो । यो क्षेत्रमा ३९ हजार ६ सय ९२ मत खसेको थियो ।