तम्घास। निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ ।
उहाँले ३३ हजार ७४४ मत ल्याउँदा नेकपा (एमाले) का प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ ।
भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडि पार्दै विजयी हुनुभएको हो । आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।