बुटवल । रुपन्देहीको प्रदेश सभा क्षेत्र ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी पुनः विजयी हुनुभएको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाइ २ सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेश सभा सदस्यमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।
एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो भने काङ्ग्रेसका ढकालले १६ हजार एक सय ९३ मत ल्याउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता दिनुभएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै बोहराले अग्रता कायमै राख्नुभएको हो ।