बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिब एवम रुपन्देही क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य छबिलाल बिश्वकर्माले एमालेले विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले सरकार परिवर्तनपछि बिकासका काम रोकिएकाले अब ती काम पूरा गर्नर्फ ध्यान केन्द्रीत गर्नेे बताउनुभयो ।
“बिकासको आधारशीला बनायौ तर, सरकार परिवर्तनपछि विकासका काम अबरुद्ध भए । अब हाम्रो ध्यान ती आयोजना पूरा गर्नतर्फ हुने छ”, उहाँले भन्नुभयो ।
उहाँले जनताका सरोकारका विषयमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । जनताका सरोकारका विषयमा सरकार गम्भीर नभएको बताउँदै उहाँले अब जनताका अपेक्षा पूरा गर्ने गरी एमाले अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– “सरकारले जनताका मुद्धालाई महत्व दिएन । सत्ता टिकाउने काममा मात्रै सरकारको ध्यान गयो । त्यसलै अब एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ ।”