बुटवल । नेपाली काङ्ग्रेसका नेता एवम गुल्मी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले देशको विकासका लागि भ्रष्टाचारको अन्त्य गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।
नेपालको मुख्य रोग भ्रष्टाचार भएको उल्लेख गर्दै उहाँले यसको निर्मूल गर्न सकेमात्रै देशको विकास सम्भव भएको उल्लेख गर्नुभयो । राजनीतिमा देखिएका समस्या समाधानका लागि दलहरु जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल प्रेस यूनियन रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भण्डारीले लामो समयसम्म पनि मुलुकको अवस्था जस्ताको तस्तै रहनुमा दलहरु जिम्म्ेवार रहेको बताउनुभयो । “३० बर्षम सम्म पनि मुलुक जहाँको त्यहीँ छ, नेताका लागि देश बन्यो तर, आम जनताका लागि बन्न सकेन, त्यसैले एकपटक देशलाइ माथि राखेर सबैले सोचौँ, विकाकासमा जुटौं”, उहाँले भन्नुभयो ।
देशमा उमेरले भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताउँदै उहाँले पटपटक एउटै व्यक्तिले देशको नेतृत्व गर्ने कुरा राम्रो नभएको बताउनुभयो ।
तपाईको पार्टीबाट गगन थापा प्रधानमन्त्री हुने चर्चा छ नी भन्ने पत्रकारको प्रश्नमा उहाँले कसैले इच्छा गर्दैमा प्रधानमन्त्री बन्न सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन, यो बिषयमा पार्टि सभापति शेरबहादुर जी, प्रचण्ड जी र माधव जीहरुसँग छलफल गरेर निर्णयमा पुग्ने हो ।”
नयाँ सरकार गठनका लागि नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीसँग समेत परामर्श गरिने उहाँको भनाइ छ ।