काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसेपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सो जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताउनु भयो ।
उहाँले संसद्को अधिवेशन पनि आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी पनि पत्रकारलाई दिनुभयो ।
उहाँले देशमा पछिल्लो समय देखिएका राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या र जनताका समस्या समाधानमा केन्द्रीकृत हुने उल्लेख गर्नुभयो ।