बुटवल-प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आठ दिनअघि यादवसँग उनका समकक्षी प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीपनि सँगै थिए।
काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसँगै सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु सहभागी थिए।
कार्यक्रम सकेलगत्तै मन्त्री केसी बुटवल फर्केको स्वकीय सचिव पवन कुँवरले बताए। बुटवल फर्केपछि मन्त्री केसी मन्त्रालयमा नियमितजसो जानुका साथै केही औपचारिक कार्यक्रममा पनि सहभागी भएका छन्। 'यसबारे छलफल गरेर के गर्ने भन्ने निर्णय हुन्छ'-स्वकीय सचिव कुँवरले बताए।