बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित हुनुभएको छ ।
स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य बन्नुभएका महरा निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलको नेताका रुपमा निर्वाचित गरेको हो ।
लुम्बिनीमा प्रदेशमा निर्वाचित नेकपा(माओवादी केन्द्र) का ९ जना प्रदेश सभा सदस्यहरुले सर्वसहमतिमा निर्वाचित गरेको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।