बुटवल । नेपाली काँग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले देशको खलबलिएको स्थिती जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको बताउनुभएको छ ।
पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनिति गरेको उहाँले आरोप लगाउनुभयो ।
नेपालमा गठबन्धन लोकतन्त्र मुल्य मान्यता बिपरित भएको उल्लेख गर्दै पूर्व मन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भएपनि पछि विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताउनुभयो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वराजदुत उपाध्यायले राजनीतिक दलहरुको दुरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।
एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि माओवादी केन्द्रको साथ छोड्ने उहाँको दाबी गर्नुभयो ।
भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेस सहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताउनुभयो ।
उपाध्यायले चरम “कू“ राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफु अहिले सक्रिय राजनीतिबाट बिश्राम लिएको बताउनुभयो ।
प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्वपूर्ण पदमा दाबी गर्नु स्वाभिक रहेको बताउदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गर्नुभयो ।