बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो अधिबेशनको पाँचौ बैठक आजबाट सुरु हुने भएको छ । बैठक अपरान्ह १ बजे बस्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन। गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएसँगै सपथ लिएका दुई मन्त्री पनि विना विभागीय हुनुहुन्छ।