बुटवल । लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिनुभएको छ। संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।
दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्रीले सपथ लिनुभएको हो।
समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सपथ लिनुभएको हो ।
दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावाहुरीले टेन्ट उडाएर मञ्च नै भत्काइदिएपछि केही समय ढिलाइ भएको थियो । यसअघि मुख्यमन्त्री लिला गिरीसंगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले पुस २७ गते नै सपथ लिनुभएको थियो । आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।