काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय निर्णय गरेका छन् ।
पार्टीको केन्द्रिय सचिवालयको ५३ औँ बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
साथै बैठकले महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने र घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका सबै केन्द्रिय उपाध्यक्षहरूलाई सचिवालयमा समावेश गर्ने निर्णय समेत गरेको उपमहासचिव तुलाधरले बताउनुभयो ।
यस्तै लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ । लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ ।