काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो ।
विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गर्नुभएको हो ।