चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ ।
अब गणना हुन बाँकी मतभन्दा लामिछानेले पाएको मतान्तर धेरै छ । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी छ । लामिछाने र उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाउनुभएको मत र लामिछाने बीच ३२ हजार ६११ फरक छ ।