काठमाडौं । चितवन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गर्नुभयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याउनुभयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थियो ।