काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितका शीर्ष नेताहरूमाथि भएका आक्रमण प्रयासलाई गम्भीरतापूर्वक लिन र शान्ति सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले शीर्ष नेताहरूमाथि आक्रमणले आतङ्क सिर्जना गरी राजनीतिक अस्थिरता निम्त्याउन खोजको बताउनुहुँदै यसलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गर्नुभयो ।
उपमहासचिव रिमालले नेताहरूमाथि आक्रमण हुनसक्ने सम्भावनाबारे प्रशासनलाई समेत पूर्व जानकारी भए पनि नियन्त्रण गर्न नसक्नुले राजनीतिक दलले आफ्ना नेता कार्यकर्ताको सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।