बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रल्हाद पोखरेलले मंगलबार प्रकाशित गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ । यसअघि लुम्बिनी प्रदेशसभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले विश्वासको मत लिनुभएको थियो ।