काठमाडौं । प्रतिनिधि सभाको अन्तर्गतका १० वटै विषयगत समितिहरूको बैठक आजबाट शुरु भएको छ । समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा आज प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको बैठक बसेको हो ।
समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्नुका साथै आपसमा परिचय गर्ने र समितिको कार्यक्षेत्रबारे जानकारी गराइएको छ ।
संसद् सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पु¥याउने, कार्यक्षेत्र भित्रका विविध विषयमा छलफल गर्नेलगायतका जिम्मेवारी संसदीय समितिहरूलाई तोकिएको छ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति रहेका छन् ।