काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल भने जारी रहने छ ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम तय गरिएको छ ।