जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सरोज कुमार यादवले छलफलमा उठेका विषय बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रममा संशोधनका प्रस्तावकर्ता ४ जनाले प्रदेश सभा सदस्यले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।
नेकपा एमालेका प्रदेश सभाका सदस्य राजकुमार लेखी, विमला अन्सारी, कञ्चन विच्छा तथा प्रमोद जयसवालले संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।
प्रदेश सभाको अर्को बैठक जेठ ३१ गते बुधवार १ बजे बस्ने गरी स्थगित भएको छ ।